देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ : बालेन

काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने उद्घोष गरेका हुन् ।

आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने तयारीमा रहेका शाहले आफ्नो इन्जिनियरिङ पृष्ठभूमि र अनुभवलाई राजनीतिसँग जोड्दै देश बदल्ने संकल्प व्यक्त गरेका हुन् ।

बालेनले २०७२ सालको विनाशकारी भूकम्पपछि आफूले एक सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको स्मरण गरेका छन्। गोरखा लगायत देशका ३५ भन्दा बढी जिल्लामा काम गर्दाको अनुभवले आफूलाई धेरै कुरा सिकाएको उनको भनाइ छ।

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.