आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समाराेह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । यसैगरी आज दिउँसो २ः२४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

विस १९९० को भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए ।

 

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.