नयाँ प्रतिनिधिसभामा हुने छैनन् अस्तिका दुई तिहाइ सांसद

२१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा अहिलेका करिब दुई तिहाइ सांसदलाई देख्न पाइने छैन । गत भदौमा विघटन भएको प्रतिनिधिसभामा रहेकामध्ये करिब १७० सांसद प्रतिस्पर्धामै छैनन् ।

कतिपय ठाउँमा भने निवर्तमान सांसदहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । चुनावी मैदानमा रहेका निवर्तमान सांसदहरूले अधिकतम ठाउँमा जित्न सक्ने सम्भावनालाई यथावत राख्ने हो भने पनि अब गठन हुने प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ करिब दुई तिहाइभन्दा बढी नयाँ अनुहार आउने निश्चित जस्तै छ ।

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.