गगन–विश्वको सार्थक विद्रोह

पार्टी स्थापनाको आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस अन्तत: ‘विशेष महाधिवेशन’ मार्फत नयाँ नेतृत्व चयन गर्ने अवस्थामा आइपुगेको छ । राजनीतिक तथा जीवनकै उत्तरार्द्धमा रहेका कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले ‘जेनजी विद्रोह’ पश्चात् जब उनकै पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए, तब ‘नेता हुनु त देउवा जस्तो’ भन्ने उपमा पाउँदै ताली पाएका थिए । समयको मागलाई देउवाले बुझे भन्दै आम बुद्धिजीवी समेतले देउवाको तारिफमै समय खर्चिएका थिए । उता पार्टीभित्र भने अलिक लामै समयदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत ‘फेस भ्यालू’ भएका नेताहरू कांग्रेस रूपान्तरण सहित पुस्तान्तरणको मुद्दालाई बोकेर नियमित महाधिवेशनमा जोड दिइरहेका थिए ।

तर, जेनजी विद्रोहसँगै सिंगै मुलुकको राजनीतिले मोड परिवर्तन गरेसँगै कांग्रेसको ठूलो पङ्ति पार्टीको विधानमा टेकेर ‘विशेष महाधिवेशन’को पक्षमा उभिन पुग्यो । अन्तत: बहुमत महाधिवेशन प्रतिनिधिले नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न गर्दै माघ १ गते कांग्रेसका तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापति चयन गर्दै नयाँ कार्यसमिति चयन गर्न पुग्यो । थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै कांग्रेसभित्रको ‘यथास्थितिवादी र परिवर्तनकारी’ शक्ति बीचको रस्साकस्सीको एउटा अध्याय समाप्त भएको

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.