भूकम्पसम्बन्धी जान्नैपर्ने ८ जिज्ञासा र जवाफ
हरेक वर्ष माघ २ गते नेपाल सरकारले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँछ। यसको मुख्य उद्देश्य भूकम्पसम्बन्धी ज्ञान र चेतना जनस्तरमा पुर्याउनु हो। निश्चित स्थानमा गरिने यस्ता कार्यक्रमले केही हजार मानिस मात्र लाभान्वित होलान्, तर वैज्ञानिकहरूको अध्ययनले देखाएअनुसार नेपालमा ८ म्याग्निच्युडभन्दा ठूलो भूकम्प आउने हो भने हाम्रो कल्पनाबाहिरको क्षति हुन सक्छ।
आज पनि नेपालका कुनै स्कुल, कलेज वा विश्वविद्यालयमा भूकम्पबारे विशेष अध्ययन अध्यापन हुँदैन। नेपालमा भएका थोरै संख्याका भूकम्पविद्हरू पनि विदेशमा पढेर फर्किएका हुन्। धेरै जनतालाई भूकम्पबारे बुझ्न, तयारी गर्न र भविष्यमा हुन सक्ने मानवीय जोखिम न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने हेतुले यहाँ धेरै सोधिने प्रश्न र तिनका वैज्ञानिक कारणहरू उल्लेख गरिएको छ।
