गुल्मीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२ माघ, गुल्मी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको हो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्लामा क्षेत्र नम्बर–१ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा र क्षेत्र नम्बर–२ का लागि शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कार्यालय स्थापना कार्यक्रम विभिन्न कार्यालयलका प्रमुखहरू, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

निर्वाचन कार्य सम्पादनका लागि जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेललाई मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । त्यसैगरी क्षेत्र नम्बर–२ का लागि जिल्ला न्यायाधिवक्ता हरिहर पौडेललाई निर्वाचन अधिकृतको रूपमा खटाइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.