स्पेनको ‘बुलफाइट’ बिर्साउने तारुकाको गोरु जुधाइ

माघ १ गते पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशभरि थियो । घिउ, चाकु, तरुलजस्ता मीठामीठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारकेश्वर गाउँपालिकास्थित तारुकामा भने जिब्रोको स्वाद फेर्ने परम्परामा मात्र सीमित रहेन ।

यहाँ मौलिक शैली र संस्कृति बनिसकेको ‘गोरु जुधाइ मेला’ले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको ‘बुलफाइट’लाई समेत बिर्साउने गरी छुट्टै आकर्षण थपिदियो ।

सयौँ वर्षदेखि परिकारहरूको स्वादसँगै धुमधाम शैलीमा मनाइने गोरु जुधाइ मेला तारुकावासीको  पहिचान र संस्कृति बनिसकेको छ । सयौँ दर्शकका माझ यस वर्षको ‘बुलफाइट’ उत्सवमा १३ हल गोरु जुधाइएको छ ।

फराकिलो बारीको पाटोमा गाउँका अजङ्गका साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो प्रतियोगिता २०० वर्षअघिदेखि चल्दै आएको स्थानीयहरू बताउँछन् । यो गोरु जुधाइ पर्व कुनै लहड वा आफूखुसी सुरु गरिएको नभई ऐतिहासिक महत्वको रहेको संस्कृतिविद् र इतिहासकारहरू बताउँछन् ।

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.