सेफ सन्तोष शाहबारेको फिल्म ‘द टेस्ट अफ सल्ट’ बर्लिनाले को-प्रोडक्सनमा छनोट

काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष शाहको असाधारण जीवनयात्राबाट प्रभावित भई निर्माण हुन लागेको कथानक फिल्म ‘द टेस्ट अफ सल्ट’ प्रतिष्ठित बर्लिनाले को-प्रोडक्सन मार्केटको लागि छनोट भएको छ ।

करिब ४०० अन्तर्राष्ट्रिय आवेदनबाट छानिएर यो प्रोजेक्ट मुख्य ‘अफिसियल फिचर प्रोजेक्ट’ विधा अन्तर्गतका १९ उत्कृष्ट फिल्मभित्र पर्न सफल भएको हो ।

फेब्रुअरीमा आयोजना हुने ७६ औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका क्रममा यो प्रोजेक्ट ६०० भन्दा बढी प्रमुख अन्तर्राष्ट्रिय फिल्म निर्माता, वितरक, सेल्स एजेन्ट र लगानीकर्तामाझ प्रस्तुत गरिनेछ ।

हाइवे, सेतो सूर्य, पूजा सरजस्ता चलचित्र बनाएर नेपाली सिनेमालाई प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउँदै आएका निर्देशक दीपक रौनियारद्वारा निर्देशित ‘द टेस्ट अफ सल्ट’ नेपाल र बेलायतको सह-निर्माणमा बन्न लागेको फिल्म हो ।

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.