भेनेजुएलाकी विपक्षी नेता मचाडोले ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन् ।

बिहीबार ह्वाइट हाउसमा भएको भेटवार्ताको क्रममा उनले आफूले पाएको नोबेल शान्ति पुरस्कार ट्रम्पलाई दिएकी हुन् । भेटपछि पत्रकारहरुसँग मचाडोले भनिन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको मेडल दिएँ ।’

उनका अनुसार यो कदम भेनेजुएलाको स्वतन्त्रताप्रति ट्रम्पको अनोठो प्रतिबद्धताको सम्मानका रूपमा उठाइएको हो ।

अमेरिकाले सैन्य कारबाही गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि मचाडो र ट्रम्पबीचको यो भेट भएको हो ।

मेडल दिएको सन्दर्भमा मचाडोले ल्याटिन अमेरिकाका महान् क्रान्तिकारी सिमोन बोलिभरको एउटा किस्सा सुनाइन् । उनका अनुसार दुई सय वर्षअघि जनरल (मार्क्विस डी) लायाफेटले सिमोन बोलिभरलाई एउटा मेडल दिएका थिए, जसमा जर्ज वाशिंगटनको अनुहार अंकित थियो। बोलिभरले त्यो मेडल जीवनभर आफ्नै साथमा राखे ।

मचाडोले भनिन्, ‘इतिहासमा दुई सय वर्षपछि, आज बोलिभरका मानिसहरूले वाशिंगटनका उत्तराधिकारीलाई एउटा मेडल फर्काइरहेका छन् । यस पटक नोबेल शान्ति पुरस्कारको मेडल—हाम्रो स्वतन्त्रताप्रति उहाँको अनौठो प्रतिबद्धताको सम्मानस्वरूप ।’

Prakash Tamang

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse vel finibus tellus, nec molestie est.